काठमाडौँ । सरकारले कैलालीको टीकापुरमा रहेको पुरानो विमानस्थल पुनः सञ्चालनको तयारी गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले टीकापुर विमानस्थल सञ्चालन गर्नका लागि आवश्यक सहयोग गर्ने सम्बन्धमा टीकापुर नगरपालिकालाई पत्राचार गरेको छ ।
उक्त विमानस्थल सञ्चालनको लागि सरकार पूर्ण रूपमा तयार रहेको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
मन्त्रालयले एक पत्र लेख्दै विमानस्थल सञ्चालनका लागि स्थानीय तहबाट दुवैतर्फको बाटो बन्द गरी उचित सरसफाइ गर्ने व्यवस्था मिलाइदिन टीकापुर नगरपालिकालाई आग्रह गरेको छ ।
अहिले कैलालीमा धनगढी विमानस्थल मात्र सञ्चालनमा छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा धनगढीबाट उडान हुँदै आएको छ ।
धनगढी विमानस्थल सुदूरपश्चिमकै ठूलो र व्यस्त विमानस्थल हो । सरकारले कैलालीमै रहेको टीकापुर विमानस्थललाई पनि सञ्चालन गर्ने तयारी गरेको हो ।
टीकापुरबाट धनगढीको सडक दूरी ९० किलोमिटर र हवाइ दुरी ६१ किलोमिटर मात्रै रहेको छ ।
हेर्नुहोस पत्र
प्रतिक्रिया दिनुहोस्