
काठमाडौं । समता घरेलु लघुवित्तले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० दरमा एफपीओ जारी गर्नेछ । कम्पनीले एफपीओबाट कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ संकलन गर्ने योजना बनाएको छ ।
एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।
हाल यस कम्पनीको कुल ५६ लाख ४० हजार ६३ कित्ता सेयर नेप्सेमा सूचीकृत छ । यसको बजार मूल्य करिब १ हजार रुपैयाँ हाराहारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्