images
images
  • दशैंमा टाटा मोटर्सका ७५१ गाडी डेलिभरी, ‘पन्च ईभी’मा नसोचेको सफलता

    काठमाडौं । टाटा मोटर्सले दशैं आसपासमा मात्रै ७५१ वटा गाडी डेलिभरी गरेको छ ।

    कम्पनीका अनुसार पन्च ईभी, टियागो ईभी, टिगोर ईभी, एक्प्रेस–टी र आइस गाडी गरी ७ सय ५१ भन्दा बढी गाडी नेपाली बजारमा डेलिभरी गरिएको हो ।

    नाडा अटो शोमा ४७५ बुकिङ लिएर बिक्री सुरुवात गरेको टाटा पन्च ईभी यो दशैंमा ३७७ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ । कम्पनीले सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोके पनि पन्च ईभीमा सोचेभन्दा उत्साहजनक डेलिभरी भएको नेपालस्थित टाटा मोटरको आधिकारिक विक्रेता सिप्रदीले जनाएको छ ।

    गत वर्षको नाडा अटो शोमा नै लन्च भएको टियागो ईभी समेत यो दशैंमा १५६ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

    यसका साथै साथै टाटाको टिगोर ईभी १० युनिट र आइस गाडी ५२ युनिट डेलिभरी भएको कम्पनीले जनाएको छ ।

    यो दशैंमा एक्प्रेस–टीको पनि राम्रो संख्यामा डेलिभरी भएको छ । एक्प्रेस–टी १५६ डेलिभरी भए सँगै सिप्रदीले यो दशैंमा ७५१ टाटा कार डेलिभरि गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्

    images