images
images
  • विदेशी पर्यटक नेपाल आउँदा १० अर्ब आम्दानी, नेपालीहरु विदेश घुम्दा १५ अर्ब खर्च, ‘शिक्षामा २८ अर्ब’

    काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउन र भदौमा सेवा खाता अन्तर्गत भ्रमण आय १२.१ प्रतिशतले बढेर १० अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्ष सेवा आय ९ अर्ब ४० करोड रुपैयाँ थियो । पर्यटक आगमन सकारात्मक रहेकाले यसको प्रभाव भ्रमण आयमा परेको छ ।

    तर, भ्रमण व्यय भने ४३ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षा बाहेकको भ्रमण व्यय १५ अर्ब ३३ करोड रुपैयाँ छ । यो भनेको नेपाल आउने पर्यटकको तुलनामा नेपालबाट विदेश भ्रमणमा जाने नेपालीहरुले गरेको खर्च करिब ५० प्रतिशत बढी हो ।

    अघिल्लो वर्ष भ्रमण व्यय ३५ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा शिक्षातर्फको व्यय २३ अर्ब ३३ करोड रुपैयाँ थियो ।

    चालु आर्थिक वर्षको साउन र भदौमा नेपालबाट विदेश पढ्न जाने विद्यार्थीहरुले २८ अर्ब रुपैयाँभन्दा बढीको विदेशी मुद्रा विदेशमै पुर्‍याएका छन् ।

    नेपाल राष्ट्र बैंकका अनुसार शिक्षाका नाममा २८ अर्ब १६ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष साउन र भदौमा शिक्षामा २३ अर्ब ३३ करोड रुपैयाँमात्र विदेशिएको थियो ।

    शिक्षामा अधिक रकम विदेशिँदा सेवा आय निरन्तर घाटामा छ । भदौसम्म खुद सेवा आय २८ अर्ब २० करोडले घाटामा देखिन्छ । अघिल्लो वर्ष सेवा आय २५ अर्ब २३ करोडले घाटामा थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images