images
images
  • लेबनानमा नेपाली सेनाको प्रतिनिधित्व गर्दै ८७७ जना शान्ति सैनिक कार्यरत, सबै जना सुरक्षित : सेना

    काठमाडौँ । नेपालबाट लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेका नेपाली सेनाले जनाएको छ ।

    सैनिक प्रवक्ता गौरवकुमार केसीले शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको जानकारी दिएका छन् ।

    प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसङ्घ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने बताए ।

    “शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ”, सैनिक प्रवक्ता केसीले भने ।

    हाल लेबनानमा संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ आठ सय ७७ नेपाली शान्ति सैनिक खटिएका छन् । उनीहरु सबैजना सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

    केहि दिन अघि इजरायलले लेबनानमा रहेको शान्ति सेनाको ब्यारेकमा आक्रमण गरेको थियो । आक्रमणमा परि ६ जना शान्ति सैनिक घाइते भएका थिए । इजरायलको उक्त कदमको नेपालले निन्दा गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images