images
images
  • आवेशमा आएर १४ वर्षीया किशोरीको हत्या गर्ने ५८ वर्षीया पुरुषलाई प्रहरीले गर्यो सार्वजनिक

    धनगढी। डडेल्धुरामा १४ वर्षीया किशोरीको हत्या आरोपमा पक्राउ परेका व्यापारीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

    प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी डडेल्धुराको अमरगढी नगरपालिका–७ की १४ वर्षीया किशोरी आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सोही नगरपालिकाको वडा नम्बर ७ बस्ने ५८ वर्षीय व्यापारी टेकबहादुर भण्डारीलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

    भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुगन्ध श्रेष्ठले पत्रकार सम्मेलनमा बताए ।

    उनकाअनुसार भण्डारीले आफ्नै पसलको कोठामा किशोरीको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।

    तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरेका हुन् भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर किशोरीको हत्या गरेको बयान प्रहरी समक्ष दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images