एजेन्सी । भारतमा एकजना राजनीतिज्ञको गोली हानेर हत्या भएको छ ।
भारतीय कांग्रेस का पूर्व नेता बाबा सिद्धिकीको शनिबार राति मुम्बईको बान्द्रा इस्टमा गोली हानेर हत्या भएको हो ।
उनी छोरा जिशान सिद्धिकीको घरमा जाँदै गर्दा अज्ञात समूहले गोली हानेको भारतीय सञ्चारमाध्यहरुले जनाएका छन् ।
बाबा सिद्धिकी हालै मात्र कांग्रेस छाडेर अजित पवार गुट (एनसीपी) मा प्रवेश गरेका
छातीमा गोली लागेर गम्भिर घाइते भएका उनको लिलावती अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनी ४८ वर्षदेखि कांग्रेस आई बाट राजनीति गर्दै आएका थिए । यसै वर्षको फेब्रुअरीमा मात्रै उनी कांग्रेस छाडे्र एनसीपीमा प्रवेश गरेका थिए ।
महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देले बाबा सिद्धिकीको मृत्यु भएको र घटनाको अनुसन्धानका लागि दुई जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्