images
images
  • प्रधानमन्त्री उद्धार कोषमा सबैभन्दा धेरै आइएमई ग्रुपद्वारा पाँच करोड हस्तान्तरण

    काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैङ्क र आबद्ध कम्पनीहरुको तर्फबाट आइएमई ग्रुपले रु पाँच करोड हस्तान्तरण गरेको छ ।

    सो रकमको चेक आज प्रधानमन्त्री केपी शर्मा ओलीलाइ हस्तान्तरण गरिएको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो चेक हस्तान्तरण गरेका हुन् ।

    उक्त रकम हालैको बाढी, पहिरो र विपद्पछि सञ्चालित उद्धार कोषमा सहयोग भएकमध्ये सबैभन्दा बढी हो ।

    यसैगरी, आजै नेपाल इन्सुरेन्सका तर्फबाट अध्यक्ष लक्ष्मण पौडेलले रु ५० लाख, एनएमबी बैङ्कका अध्यक्ष मनोज गोयलले रु ५१ लाख र मेटलाइफ इन्सुरेन्सका उपाध्यक्ष निर्मलकाजी श्रेष्ठले रु २५ लाख हस्तान्तरण गरे ।

    उक्त रकमसहित आजसम्म प्रधानमन्त्री ओलीसमक्ष कोषका लागि हस्तान्तरण भएको रकम रु १० करोड २६ लाख पुगेको छ । सहयोग गर्ने सबै संस्थालाई प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै सङ्कटका समयमा मिलेको साथ अमूल्य हुने बताए । रासस

    प्रतिक्रिया दिनुहोस्

    images
    images