images
images
  • खाद्यले सुरु गर्यो खसीबोका र च्याङ्ग्राको विक्रीवितरण, प्रतिकेजी मूल्य कति ?

    काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि ल्याइएका खसीबोका र च्याङ्ग्राको बिक्री आइतबारदेखि खुला गरेको छ ।

    कम्पनीले खसीबोकाको मूल्य प्रतिकेजी ६७० रुपियाँ निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँमा बिक्री खुला गरेको हो ।

    यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँमा बिक्री खुला गरिएको कम्पनीले जनाएको छ ।

    खाद्यले  २०८ वटा खसी बोका र २८५ वटा च्याङ्ग्रा ल्याइसकेको र अरू ल्याउने क्रम जारी रहेको थापथली स्थिति प्रादेशिक  खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख ज्ञानु थापाले बताइन् ।

    चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ । कम्पनीले यो दसैँमा खसी बोका १५ सय र च्याङ्ग्रा तीन सय गरी जम्मा १८ सय बेच्ने लक्ष्य राखेको छ ।

    काठमाडौं उपत्यकामा मात्रै दशैंको बेला ५० हजार खसिबोका खपत हुने गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images