images
images
  • आज राति पौने १० बजेदेखि खुल्दै EDV 2026, यसरी घरबाटै भर्न सकिन्छ अनलाइन फारम

    काठमाडौं । अमेरिकाले नेपाल सहित केही देशका बासिन्दाहरुलाई अमेरिकामै स्थायी बसोबासका लागि लैजाने एक विधि इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (EDV) २०२६ को अनलाइन दर्ता आज रातिदेखि खुला हुने भएको छ ।

    अमेरिकी दूतावासका अनुसार बुधबार राति ९:४५ बजेदेखि डीभी कार्यक्रममा नेपालीले अनलाइनबाट फारम भर्न सक्नेछन् ।

    डिभी कार्यक्रमबाट अमेरिका लगिने व्यक्ति निष्पक्ष रूपमा छनोट हुँदै आएका छन् ।

    एउटा व्यक्तिले एउटा मात्र आवेदन फारम भर्नुपर्ने छ । केही गरी एक भन्दा बढी आवेदन दिएमा उनीहरु स्वतह अयोग्य ठहरिनेछन् । ईडीभी २०२६ को फारम बुधबार रातिदेखि आगामी ५ नोभेम्बरसम्म भर्न सकिन्छ ।

    यसको लागि आफ्नो मोबाइल वा कम्प्युटरबाट तोकिएको फर्म्याटमा डकुमेन्टहरु अपलोड गरी घरैबाट आवेदन दिन सकिन्छ ।

    आवेदन दिनका लागि बुधवार राति पौने १० बजेपछि  यहाँ क्लिक गर्नसक्नुहुनेछ  ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images