९ असोज काठमाडौं । नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा. चेतराज पन्त International Agency for the Prevention of Blindness(IAPB) को बोर्ड अफ ट्रस्टीमा निर्वाचित भएका छन् ।
आईएपिबिका विश्वभरका २५० भन्दा बढि सदस्य संस्थाहरुले अनलाइन मार्फत गरेको मतदानको नतिजा मंगलवार सार्वजनिक हुँदा पन्त निर्वाचित भएका हुन् ।
विश्वभरीका आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुको छाता संगठनका रुपमा रहेको आईएपिबिले अन्तराष्ट्रिय रुपमा आँखा स्वास्थ्यको क्षेत्रमा वकालत गर्दै आएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय परोपकारी संस्थाहरू, आँखा अस्पतालहरू, शैक्षिक संस्थानहरू, व्यावसायिक संघहरू र कर्पोरेट संस्थाहरू समेत आईएपिबिका सदस्य रहेका छन् ।
नेपाल नेत्रज्योति संघ बिगत एक दशकभन्दा लामो समयदेखि आईएपिबिको सदस्य रहदै आएको छ । संघ नेपालबाट अन्धोपन निवारण गर्ने उद्देश्यले गैर नाफामुलक संस्थाको रुपमा २०३५ साल चैत्र १३ गते स्थापना भई नेपाली जनताको आँखा स्वास्थ्य सेवामा अग्रणी भूमिका निर्वाह गर्दै आएको सामाजिक संस्था हो ।
संघले नेपालका कुल ७७ जिल्लाहरू मध्ये ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरेको छ ।
प्रतिक्रिया दिनुहोस्