images
images
  • नेरुडे मिर्मिरे लघुवित्तको अधिकांश वित्तीय सूचकमा उछाल, झन्डै ७०० प्रतिशतले बढ्यो ईपीएस

    काठमाडौं ।  नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८०/८१को अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

    प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४४ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

    नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि वित्तीय विवरण सार्वजनिक गर्दा नाफा बढ्न पुगेको देखिन्छ ।

    समीक्षा अवधिमा कम्पनीको खराब कर्जा (एनपीएल) बढेर ६.६० प्रतिशत पुगेको देखिन्छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको खराब कर्जा ५.०५ प्रतिशत थियो ।

    गत आवमा कम्पनीले १ अर्ब ३ करोड ८८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा कम्पनीले ४३ करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ५ करोड २९ लाख रुपैयाँ छ ।

    कम्पनीको रिजर्भ कोषमा जगेडा कोष १ अर्ब २६ करोड रुपैयाँ सञ्चित छ ।त्यस्तै रिटेन्ड अर्निङ्ग भने ५ करोड २९ लाख रुपैयाँ छ ।कम्पनीको प्रतिशेयर आम्दानी ६२.४८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १९४.३९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ११.५३ गुणा छ ।

    कम्पनीको चुक्तापूँजी १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images