images
images
  • कति प्रतिशतले घट्यो सन नेपाल लाइफको नाफा ?

    काठमाडौं ।  सन नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको नाफा २६.५३ प्रतिशतले घटेको छ ।

    गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५७ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ।अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले ७८ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।  जुन गत आर्थिक वर्षको भन्दा २६.५३ प्रतिशतले बढी हो ।

    गत आर्थिक वर्षको चौथो त्रैमाससम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २० रुपैयाँ ४२ पैसा घटेर १४ रुपैयाँ ५१ पैसामा झरेको छ।

    समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित प्रिमियम १५.७८ प्रतिशतले बढेर ३ अर्ब ४५ करोड २५ लाख रुपैयाँ पुगेको छ भने कुल आम्दानी १४.२४ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड ४१ लाख रुपैयाँ पुगेको छ । चौथो त्रैमाससम्म इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ३५.२३ गुणा रहेको छ भने समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ८७ पैसा रहेको छ।

    कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९६ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ५० करोड २० लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images