images
images
  • टी-२० विश्वकप: अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका फाइनलमा

    काठमाडौं- दक्षिण अफ्रिका आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ। अफगानिस्तानलाई ९ विकेटले हराउँदै दक्षिण अफ्रिका पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको हो ।

    अफगानिस्तानले दिएको ५७ रनको झिनो लक्ष्य दक्षिण अफ्रिकाले ८ ओभर ५ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्‍यो । दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्स २९ र कप्तान एडेन माक्रम २३ रनमा नटआउट रहे। ओपनर क्वीन्टन डी कक ५ रन बनाएर आउट भएका थिए । अफगानिस्तानका फजहल फारुकीले एक मात्र विकेट लिए।

    यसअघि ब्रायन लारा स्टेडियममा टस जितेर ब्याटिङ गरेको अफगानिस्तान ११.५ ओभरमा ५६ रन बनाएर अलआउट भएको थियो।

    अफगानिस्तानका अजमतुल्लाह ओमरजाइले सर्वाधिक १० रन बनाए । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। दक्षिण अफ्रिकाका मार्को योनसन र तबरैज साम्सीले समान ३ विकेट लिए। कागिसो रवाडा, एनरिच नोर्टेजले समान २ विकेट हात पारे।

    प्रतिक्रिया दिनुहोस्
    images
    images