काठमाडौँ । बाग्मती प्रदेश सभाको बैठकमै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अभिव्यक्ति दिएका नेपाली कांग्रेस वाग्मतीका प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध फौजदारी कसुरमा मुद्दा दर्ता भएको छ । आज (आइतबार) एमालेका कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पुगेर मुद्दा दर्ता गराएका हुन् ।
सांसद वैद्यले प्रदेश सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रधानमन्त्रीका लागि नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए ।
उनले दिएको भिव्यक्तिको चौतर्फी आलोचना भएपछि सांसद वैद्यले शनिबार प्रदेश सभामै आत्मालोचना गर्दै माफी मागिसकेका छन् । चौतर्फी आलोचनापछि सांसद वैद्यलाई कांग्रेसले अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्























