images
images
  • बंगलादेशलाई हराउँदै अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा, अस्ट्रेलिया बाहिरियो

    काठमाडौं- अफगानिस्तान जारी टी-२० विश्वकपको सेमिफाइनलमा पुगेको छ । सुपर आठको अन्तिम खेलमा बङ्गलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।

    अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछाएको बङ्गलादेशले १७.४ ओभरमा अल आउट हुँदै १०५ रन बनाएको थियो। वर्षाले प्रभावित भएको खेलमा बङ्गलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो।

    विश्वकपको इतिहासमा अफगानिस्तान पहिलोपटक सेमिफाइनलमा प्रवेश गरेको हो। अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ।

    यो खेल बिहीबार बिहान ६:१५ बजेदेखि सुरु हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इङल्याण्ड खेल्ने भएका छन् । यो खेल बिहीबार राती ८: १५ बजेदेखि सुरु हुने छ।

    योसँगै अस्ट्रेलिया र बङ्गलादेश भने विश्वकपबाट बाहिरिएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images