images
images
  • टी-२० विश्वकपमा अस्ट्रेलियाका बलर प्याट कमिन्सको नयाँ कीर्तिमानी

    काठमाडौं- अस्ट्रेलियाका बलर प्याट कमिन्सले अफगानिस्तानविरुद्ध कीर्तिमानी बलिङ गरेका छन्। जारी टी-२० विश्वकप क्रिकेटमा लगातार दोस्रो खेलमा ह्याट्रिक लिँदै कमिन्सले नयाँ कीर्तिमान बनाएका हुन्।

    अफगानिस्तानअघि कमिन्सले बंगलादेशविरुद्धको खेलमा पनि ह्याट्रिक लिएका थिए । योसँगै कमिन्सले टी–२० विश्वकपमा दुई ह्याट्रिक लिने विश्वकै पहिलो बलर बनेका छन्। अफगानिस्तानको इनिङ्सको १८औँ ओभरको अन्तिम बलमा कमिन्सले राशिद खानलाई आउट गरेका थिए।

    यसपछि २०औँ ओभरको पहिलो दुई बलमा करिम जनात र गुलबदिन नाइब आउट गरेका थिए। यसअघि बंगलादेशविरुद्धको खेलमा कमिन्सले इनिङ्सको १८औँ ओभरको अन्तिम दुई बलमा महमुदुल्लाह र मेहदी हसनलाई आउट गरेका थिए भने २०औँ ओभरको पहिलो बलमा तौहिद हृदयोयलाई आउट गरेका थिए।

    कमिन्स टी(२० अन्तर्राष्ट्रियमा दुई ह्याट्रिक गर्ने पाँचौं बलर बनेका छन्। उनीअघि श्रीलङ्काका पूर्व बलर लसिथ मालिंगा, न्यूजिल्याण्डका टिम साउथी, सर्बियाका मार्क पाभलोभिक र माल्टाका वासिम अब्बासले यस्तो गरेका थिए। यद्यपि कमिन्स लगातार दुई टी(२० अन्तर्राष्ट्रियमा ह्याट्रिक विकेट लिने विश्वका पहिलो बलर बनेका छन्।

    त्यसै गरी टी–२० विश्वकपको इतिहासमा यो आठौँ ह्याट्रिक हो। कमिन्सले यीमध्ये दुई पटक ह्याट्रिक लिएका छन् । योसँगै अस्ट्रेलियाका बलरले तेस्रो पटक टी–२० विश्वकपमा ह्याट्रिक लिएका छन्।

    कमिन्स बाहेक ब्रेट लीले सन् २००७ मा यो काम गरेका थिए। कमिन्स टी-२० अन्तर्राष्ट्रियमा ह्याट्रिक गर्ने अस्ट्रेलियाका चौथो बलर बनेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images