images
images
  • टी-२० विश्वकप: अस्ट्रेलियालाई २१ रनले पराजित गर्दै अफगानिस्तानको ऐतिहासिक जित

    काठमाडौं- अफगानिस्तानले अस्ट्रेलियामाथि ऐतिहासिक जित हासिल गरेको छ। जारी टी-२० विश्वकप क्रिकेटको सुपर आठ अन्तर्गतको खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई २१ रनले पराजित गरेको हो।

    यो टी-२० खेलमा अफगानिस्तानले अस्ट्रेलियालाई पराजित गरेको पहिलो पटक हो। अफगानिस्तानले दिएको १४९ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले १९।२ ओभरमा अल आउट हुदै १२७ रन बनाएको थियो। अस्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले सर्वाधिक ५९ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले उनलाई साथ दिन असफल भएका थिए।

    त्यस्तै अफगानिस्तानका बलरले यस खेलमा शानदार बलिङ गरेका थिए। अफगानिस्तानका लागि गुलबदीन नैबले सर्वाधिक ४ विकेट लिए भने नवीन उल हकले ३ विकेट लिएका थिए। त्यस्तै मोहम्मद नावी र राशिद खानले एक एक विकेट लिएका थिए। यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाउँदै १४८ रन बनाएको थियो।

    अफगानिस्तानका लागि रह्मानुल्लाह गुरबाजले सर्वाधिक ६० रन बनाएका थिए भने इब्राहिम जद्रानले ५१ रन बनाएका थिए। दुवैले पहिलो विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए। त्यस्तै अस्ट्रेलियाका लागि कप्तान पाट कमिंसले ह्याट्रिक लिएका थिए। उनको यस विश्वकपमा लगातार दोस्रो खेलमा ह्याट्रिक हो। त्यस्तै एडम जाम्पाले २ विकेट लिएका थिए।

    यो जितपछि अफगानिस्तानले सुपर आठको समूह एकमा २ महत्त्वपूर्ण अङ्क हासिल गरेको छ। त्यस्तै अस्ट्रेलियाको २ खेलमा २ अङ्क रहेको छ। अब अस्ट्रेलियाले अर्को खेल सोमबार राती भारतसँग खेल्ने छ भने अफगानिस्तानले मंगलबार बिहान बंगलादेशविरुद्ध खेल्ने छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images