images
images
  • काठमाडौंमा हावाहुरीसहित वर्षा, करिब दुई घण्टा हुने

    काठमाडौं- काठमाडौंमा हावाहुरीरमेघगर्जनसहित वर्षा भइरहेको छ । मंगलबार काठमाडौंको पश्चिमी भू–भागबाट वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    “पश्चिमी भू-भागबाट सुरु भएको वर्षा काठमाडौंको उत्तरपूर्वतर्फ सर्ने क्रममा छ,” विभागका मौसमविद् मीनकुमार अर्यालले भने ।

    काठमाडौंमा कम्तीमा डेढरदुई घण्टा वर्षा हुनेछ । त्यसपछि यो वर्षा काभ्रेपलाञ्चोक, सिन्धुली हुँदै पूर्वतर्फ अगाडि बढ्नेछ । पूर्वी नेपालमा पनि केही समय यसको असर देखिन सक्ने उनले बताए ।

    बुटवल–चितवनबाट विकास भएको स्थानीय प्रणाली काठमाडौंसम्म आइपुगेको हो । “डेढरदुई घण्टाअगाडि बुटवल र चितवनमा विकास भएको स्थानीय वायुको प्रणाली सर्दै काठमाडौं आइपुगेको हो,” उनले भने, “काठमाडौंमा बाहिरबाट आएको प्रणालीलाई यहाँको स्थानीय प्रणालीले सपोर्ट गरेपछि वर्षा भएको हो ।”

    प्रतिक्रिया दिनुहोस्
    images
    images