images
images
  • प्रदेश २ मा मन्त्रीपरिषद् समावेशी बनाउन मुख्यमन्त्री राउतलाई प्रदेश प्रमुख झाको पत्र


    जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख राजेश झालले प्रदेशको मन्त्रीपरिषद् असमावेशी भएको भन्दै मुख्यमन्त्री लालबाबु राउतलाई स्मरण पत्र लेखेका छन्।

    प्रदेश प्रमुख झाले नेपालमा संघीयता, समानुपातिकता तथा समावेशी शासन व्यवस्था निर्माण गर्नका लािग सयौँ नागरिकले आफ्नो सहादत दिएकाले त्यसै व्यवस्थामा गठित प्रदेश सरकार असमावेशी रहेको भन्दै मुख्यमन्त्री राउतलाई स्मरण पत्र पठाएका हुन्।

    प्रदेश प्रमुख झाले प्रदेशभित्रका महिला, दलित, आदिवासी, गैरमधेशी लगायतका पक्षलाई समानुपातिक समावेशीको आधारमा मन्त्रीपरिषदमा उपस्थिति गराउन जेठ २८ गते मुख्यमन्त्रीलाई स्मण पत्र लेखेका हुन्।

    प्रदेशको मन्त्रीमण्डल अहिले मुख्यमन्त्री राउतसहित ९ सदस्यीय रहेको छ जसमा एकजना मुस्लिमको सहभागिता छ भने महिलाको सहभागिता छैन।

    प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयमा उषा यादव राज्यमन्त्रीको रुपमा रहेकी छिन्। बाँकी राज्यमन्त्रीहरु पनि पुरुष नै रहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images