काठमाडौं- १० वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार टी-२० विश्वकप मैदानमा उपस्थित हुँदैछ। बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी-२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो। अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्त्वका साथ हेरेको छ।
पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ। नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा मंगलबार राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ।
नेपालले पहिलो खेल मंगलबार राति ९स्१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ। नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ।
विश्वपको समूह ‘डी’मा रहेको नेपालका लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो। खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन्।
कप्तान पौडेलले भने, ‘१० वर्षमा हामीले फेरि मौका पाएका छौं। नेदरल्यान्ड्ससँग खेल्न सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छौँ। नेदरल्यान्ड्ससँग हामीले पटकपटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ।’
डालासमा नेपाली समर्थकको साथले थप ऊर्जा दिने कप्तान पौडेलको भनाइ छ। उनले शित र घामको अवस्थालाई हेरेर टसपछि निर्णय हुने बताएका छन्। टसले जित र हारसँग सम्बन्ध नराख्ने उनको भनाइ छ। उनले नेपालको जितले सबै समर्थक र नेपालीलाई खुशीको अनुभूति दिने भन्दै नेपालको प्रदर्शन आगामी पुस्तालाईसमेत प्रोत्साहन पुग्ने हुनुपर्ने उनले बताए।
नेपाल र नेदरल्यान्ड्सले अहिलेसम्म गरेका प्रतिस्पर्धामा नेपाल बलियो देखिएको छ। दुई टोलीबिच भएको १२ वटा टी(२० भिडन्तमा नेपालले ६ जित निकालेको छ। एक खेल नतिजाबिहीन हुँदा नेदरल्यान्ड्स ५ खेलमा विजयी भएको छ।
विश्वकप खेल्ने नेपाली टिम
टी(२० विश्वकप खेल्ने नेपाली टिममा रोहितकुमार पौडेल ९कप्तान० आसिफ सेख, कुशल भुर्तेल, अनिल शाह, सन्दीप जोरा, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजबंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहोरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।
प्रकाशित मिति स् २२ जेठ २०८१, मंगलबार ६ स् १६ बजे


विश्व खबर 


















