images
images
  • आइसीसी टी-२० विश्वकप: आज दुई खेल हुदै

    काठमाडौं- आइसीसी टी-२० विश्वकपमा आज दुई खेल हुदै छ ।आज पहिलो खेलमा नामिबिया र ओमानले खेल्ने छन् । बार्बाडोसस्थित केनसिंगटोन ओभल स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार आज बिहान ६:१५ बजेदेखि शुरु हुने छ ।

    दुवै बीच अहिलेसम्म ६ टी-२० खेल भएका छन् । जसमा नाम्बियाले ६ खेल जितेको छ भने ओमानले २ खेलमा जित हासिल गरेको छ ।

    त्यस्तै आज दोस्रो खेल श्रीलंका र दक्षिण अफ्रिकाबीच खेल हुदै छ । न्युयोर्कस्थित नास्साउ काउन्टी इन्टरनेसनल क्रिकेट स्टेडियममा हुने यो खेल राति ८:१५ बजेदेखि शुरु हुने छ ।

    श्रीलंका र दक्षिण अफ्रीकाबीच अहिलेसम्म १७ टी-२० खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले अहिलेसम्म १२ खेल जितेको छ भने श्री लंकाले ५ खेलमा जित हासिल गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images