images
images
  • मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु : सन्दीप लामिछाने

    काठमाडौँ । नेपालले टी-२० विश्वकप खेल्ने तयारी गरिरहँदा स्पिनर सन्दीप लामिछाने भने भिसाको समस्याले गर्दा जान पाएका छैनन् । अमेरिकी दूतावासले उनलाई भिसा दिन इन्कार गरिरहेको छ ।

    पहिलो पटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बन्न थालेका छन् । आज एक स्ट्याटस लेख्दै उनले आफ्नो सपना अधुरो रहन सक्ने संकेत गरेका छन् ।

    उनले लेखेका छन्, ‘इमान्दारितापूर्वक भन्छन्, मेरो सपना पूरा नभए पनि के कुरामा खुशी छु भने देशको सपना पूरा भएको छ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images