images
images
  • आईपिएल: फाइनलमा आज कोलकाता र हैदरावाद भिड्दै

    काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपिएल) २०२४ को फाइनलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबिच प्रतिस्पर्धा हुँदैछ।

    पहिलो क्वालिफायरमा कोलकातासँग ८ विकेटले पराजित भएको हैदरावाद दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै फाइनल पुगेको हो।

    हैदरावाद र कोलकाताको हेड टु हेड अहिलेसम्म कोलकाता अगाडि छ। पाँच प्रतिस्पर्धामा हैदरावादले एउटा मात्र जित निकालेको छ। आईपिएलको यो सिजनमा भएका दुई भेटमा कोलकाता विजयी भएको छ। समूह चरणको पहिलो भेटमा ४ रनले विजयी भएको कोलकाता पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको हो।

    यसअघि २०२३ मा भएको एक भेटमा कोलकाता ५ रनले विजयी भएको थियो भने एक खेलमा हैदरावाद २३ रनले विजयी भएको छ।

    २०२२ मा भएको एक प्रतिस्पर्धामा कोलकाता ५४ रनले विजयी भएको थियो। कोलकाता र हैदराबिच हुने यो सिजनको फाइनल प्रतिस्पर्धा आइतबार साँझ ७स् ४५ बजे चेन्नईमा सुरु हुनेछ।

    प्रतिक्रिया दिनुहोस्

    images