images
images
  • चम्किए लुकाकु, सहकर्मी ढलेपछि गोल समर्पण

    एजेन्सी । युरोकप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा घरेलु टोली रुसलाई ३–० गोल अन्तरले हराउदै बेल्जियमले विजयी सुरुवात गरेको हो ।

    सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जिताउन रोमेलु लुकाकु एक्लैले दुई गोल गरे । लुकाकुले खेलको दशौँ मिनेटमै बेल्जियमलाई अग्रता दिलाए । दोस्रो व्यक्तिगत गोल उनले ८८औँ मिनेटमा गरे । लुकाकुले खेलकै दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई गोल समर्पण गरे । फिनल्याण्डविरुद्धको खेलमा अचेत भएका एरिक्सन खतरामुक्त छन् ।

    यस्तै, बेल्जियमलाई फराकिलो जित दिलाउन थोमस मुनिएरले एक गोल गरे । उनले खेलको ३४औं मिनेटमा गोल गरेका हुन् । मुनिएरले दिएकै पासमा लुकाकुले ८८औं मिनेटको गोल गरेका थिए । योसँगै बेल्जियमको राष्ट्रिय टोलीका लागि लुकाकुको गोल संख्या ६२ पुगेको छ । यो जितसँगै बेल्जियम समूह ’बी’को शीर्ष स्थानमा छ ।

    हारबाट प्रतियोगिताको सुरुवात गरको रुस पुछारमा छ । समूह बी’मै रहेको फिनल्याण्डले पनि विजयी सुरुवात गर्दैै दोस्रो स्थानमा छ । फिनल्याण्डले डेनमार्कलाई १–० अन्तरले हराएपनि ओल अन्तरका आधारमा फिनल्याण्ड तेस्रो स्थानमा छ ।

    युरोकप इतिहासमा बेल्जियम जम्मा एक पल्ट फाइनलमा पुगेको छ । १९८० मा पश्चिम जर्मनीसँग २–१ ले हार्दा बेल्जियमको हातबाट उपाधि फुत्किएको थियो । जर्मनीले भने ३ पल्ट युरोकप उपाधि जितेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images