images
images
  • युरो कपमा बेल्जियमको जित

    काठमाडौं । युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता युरो कपको शनिबार राति सम्पन्न खेलमा बेल्जियमले जित निकालेको छ।

    रसियाको सेन्ट पिटर्सबर्ग रंगशालामा सम्पन्न खेलमा विश्व नम्बर वान बेल्जियमले रसियालाई ०–३ गोलले हराएको हो।

    बेल्जियमको जितका लागि रोमेलु लुकाकुले दुई गोल गरे भने थोमस मुनियरले एक गोल गरे।

    खेलको ११ औं मिनेटमै ड्रिस मार्टेन्सले उपलब्ध गराएको बललाई लुकाकुले पोस्टको जाली चुमाउँदै बेल्जियमलाई अग्रता दिलाएका थिए। यो गोलसँगै पाहुना टिमले अग्रता बनायो।

    खेलको ३५ औं मिनेटमा मुनियरले गोल गरेपछि पहिलो हाफमा बेल्जियम दुई गोलले अघि रह्यो।

    खेलको निर्धारित समयमा दुई मिनेट बाँकी रहँदा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरे। यो गोलसँगै बेल्जियमले सहज जित निकालेको हो।

    खेलको ६२ प्रतिशत समय बलमा पकड बनाए पनि उनले रसियाविरुद्ध ९ पटक मात्र पोस्ट अटेम्प गरेको थियो। यता रसियाले पाँच पटक पोस्ट अटेम्प गरे पनि कुनै प्रयास सार्थक भएनन्।

    यो जितपछि बेल्जियम समूह बी को शीर्षस्थानमा छ। डेनमार्कलाई एक गोलले हराएको फिनल्यान्ड दोस्रो स्थानमा छ भने रसिया पुछारमा छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images