काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत दोस्रो क्वालिफायरमा राजस्थान रायेल्सले स्थान सुरक्षित गरेको छ। बुधवार भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसिबीलाई) ४ विकेटले हराउँदै राजस्थानले दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गरेको हो।
अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा फाफ डु प्लेसिसको कप्तानीमा रहेको बैङ्गलोरले टस हारेर पहिला ब्याटिङ्ग गर्दै निर्धारित ओभरमा ८ विकेट गुमाएर १७२ रन बनायो।
१७३ रनको लक्ष्यसहित मैदान उत्रेको राजस्थानले निर्धारित ओभरको एक ओभर बाँकी छँदै ६ विकेट गुमाएर जित हात पार्यो। जितसँगै राजस्थानले दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावादसँगको खेल पनि सुनिश्चित गरेको छ। यता पराजित बैङ्गलोरको आईपीएल यात्रा भने टुङ्गिएको छ।
जितसँगै राजस्थानले पहिलो क्वालिफायरमा पराजित सनराइजर्स हैदरावादसँग दोस्रो क्वालिफायरमा शुक्रवार प्रतिस्पर्धा गर्नेछ। पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग ८ विकेटले पराजित हुँदै हैदरावाद दोस्रो क्वालिफायरमा पुगेको थियो । कोलकाता सिधै फाइनल पुगिसकेको छ। दोस्रो क्वालिफायरको विजेताले कोलकातासँग फाइनल खेल्नेछ।


विश्व खबर 


















