images
images
  • नेपालले अमेरिका र क्यानडासँग टी-२० अभ्यास खेल खेल्ने

    काठमाडौं । नेपालले आईसीसी टी-२० विश्वकप वार्मअप खेल अमेरिका र क्यानडासँग खेल्ने भएको छ ।

    विश्वकप अघि आईसीसीले प्रदान गर्ने दुई वार्मअप (अभ्यास) खेल तय भएका हुन् । नेपालले २७ मेमा क्यानडा र ३० मेमा अमेरिकासँग डालासमा वार्मअप खेल खेल्नेछ ।

    नेपालले दुवै खेल टेक्सास स्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा खेल्नेछ।  नेपालले २७ मेमा क्यानडाविरुद्ध खेल्नेछ भने ३० मेमा अमेरिकाको सामना गर्नेछ। नेपालले सोही मैदानमा नेदरल्याण्ड्सविरुद्ध विश्वकप अन्तर्गतको खेल समेत खेल्दैछ।

    आईसीसी टी-२० विश्वकप क्रिकेट आगामी जुन १ देखि २९ सम्म वेष्टइण्डिज र अमेरिकामा आयोजना हुँदैछ । टी-२० विश्वकपमा नेपालसहित २० टोली सहभागी छन् । चार समूहमा ५-५ टोली छन् । हरेक समूहका शीर्ष दुई टोली सुपर-८ मा पुग्नेछन् ।

    सुपर ८ मा दुई समूह हुनेछन् । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । समूह डी मा नेपाल, बंगलादेश, नेदरल्याण्ड्स, दक्षिण अफ्रिका र श्रीलंका छन् । नेपालले ४ जुनमा नेदरल्यान्ड्ससँग खेल्दै सुरुवात गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images