images
images
  • काठमाडौं उपत्यकामा थपिए ५९८ कोरोना संक्रमित


    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमा काठमाडौंमा मात्रै ३९१ जना छन् । यस्तै, ललितपुरमा १३० र भक्तपुरमा ७७ संक्रमित थपिएका हुन् । पछिल्ला दिनमा उपत्यकामा दैनिक थपिने संक्रमितको संख्यामा कमी देखिएको छ ।

    पछिल्लो २४ घण्टामा १४ हजार ४९४ वटा नमुनाको परीक्षण गर्दा देशभर ३ हजार ३८४ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये काठमाडौं काठमाडौं उपत्यकामा मात्रै ५९८ संक्रमित थपिएका हुन् ।

    देशमा पछिल्लो २४ घण्टामा कोरोनाका कारण ६१ जनाको मृत्यु पुष्टि भएको छ । यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार २९५ जना निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images