
लोकगायिका शान्ति श्री परियारले ठूलो दुर्घटनाबाट जोगाएको भन्दै क्याप्टेन लबिस चन्दलाई धन्यवाद दिएकी छन् । सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत गायिका परियालले यति एयरलान्सका क्याप्टेन चन्दलाई धन्यवाद दिएकी हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘धन्यवाद क्याप्टेन लबिस चन्द ! प्लेनमा रहेका हामी सबैले ७५ प्रतिशत जिन्दगी छोडेका थियौँ, हजुरले आफ्नो प्रायस जारी राख्नु भो र गन्तब्यभन्दा फरक ठाउँमा अवतरण भयो तर सबैलाई नयाँ जिवन त दिनु भयो नि ।’
सोमबार काठमाडौँबाट भैरहवाका लागि उडेको यति एयरको जहाज प्रतिकूल मौसमका कारण जनकपुरमा आकस्मिक अवतरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्