images
images
  • विस्फोटक पदार्थ ल्याउन भारतीय अवरोध, चार दर्जन बढी जलविद्युत् आयोजना प्रभावित

    विस्फोटक पदार्थ आयातमा भारतीय अवरोधका कारण नेपालका विकासे परियोजना प्रभावित हुन थालेका छन्। विस्फोटक पदार्थ अभावमा निर्माणाधीन सडक, सुरुङमार्ग र जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।

    सबैभन्दा बढी जलविद्युत् आयोजनाका सुरुङमार्ग, टनेल बनाउन आवश्यक पर्ने विस्फोटक पदार्थ अभाव हुँदा ती आयोजनाको निर्माण प्रभावित हुन थालेको ऊर्जा प्रवर्धकहरूको भनाइ छ। भारतले दुई महिनादेखि विभिन्न बहानामा विस्फोटक पदार्थको आयात रोकेको उनीहरू बताउँछन्।

    विस्फोटक पदार्थ आयात रोकिँदा चार दर्जन बढी जलविद्युत् आयोजनाको काम प्रभावित भएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ९इप्पान० नेपालका अध्यक्ष गणेश कार्कीले बताए।

    उनका अनुसार विस्फोटक पदार्थ आयातमा काठमाडौंस्थित भारतीय दूतावासले स्वीकृति नदिएकाले निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजनाको काम रोकिन पुगेको छ।

    ‘विस्फोटक पदार्थ किन्न आवश्यक नो अब्जेक्सन लेटर (एनओसी) नवीकरण गर्न भारतीय दूतावास आनाकानी गरिरहेको छ। जसका कारण नेपालका निर्माणाधीन ८० प्रतिशत जलविद्युत् आयोजना प्रभावित भएका छन्,’ उनले भने, ‘अहिले नै चार दर्जन बढी जलविद्युत् आयोजनाको निर्माण रोकिन पुगेको छ।’ यो समाचार नागरिक दैनिकमा छ  ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images