images
images
  • नेपालले युएईलाई दियो १२० रनको लक्ष्य

    काठमाडौँ । नेपालले युएईलाई १२० रनको लक्ष्य दिएको छ ।

    एसीसी प्रिमियर कपको सेमिफाइनलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै ११९ रन बनाएको हो ।

    नेपालका लागि सन्दीप जोराले सर्बाधिक ५० रन बनाए । यस्तै गुलशन झाले २०, करण केसीले १७ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    पहिलो बलमा नै कुशल भुर्तेलको विकेट गुमाएर दवाबमा आएका नेपाली ब्याट्सम्यान अन्त्य सम्मनै दवाबमा देखिएका थिए ।

    युएईका बलर जुनैद सिद्धिकी, अली नासेर र बासील हमीदले नेपालकाे २-२ विकेट लिए । यस्तै ओमिद शफी रहमान, आयान खान र मुहमद फारुकले एक एक विकेट लिएका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images