images
images
  • हङकङलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

    काठमाडौँ । नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित हासिल गरेको छ ।

    सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको हो ।

    हङकङले दिएको ११५ रनको लक्ष्य पछाएको नेपालले १२.३ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

    नेपालका लागि आसिफ सेखले सर्बाधिक ४० रन बनाएका थिए भने कुशल भुर्तेलले ३२, कप्तान रोहित पौडेलले अविजित २१ र सन्दीप जोराले अविजित १९ रन बनाएका थिए ।

    यस अघि टस हारेर पहिला ब्याटिङ गरेको हङकङले निर्धारित १७.५ ओभरमा अल आउट हुँदै ११४ रन बनाएको थियो । बर्षाले प्रभावित भएपछि यो खेल १८-१८ ओभर खेलाइएको छ ।

    हङकङका लागि अन्शुमन राठले सर्बाधिक ३४ रन बनाए भने जीशान अलिले १४, कप्तान निजाकत खानले १२ रन र एहसान खानले ११ रन बनाएका थिए ।

    त्यस्तै नेपाली बलर अविनाश बोहोराले सर्बाधिक ३ विकेट लिए भने ललित राजबंशी र दिपेन्द्र सिंह ऐरीले २-२ तथा करण केसीले एक विकेट लिएका थिए ।

    यो जितपछि समुह ए मा नेपालको ३ खेलमा ६ अंक भएको छ र नेपाल शिर्ष स्थानमा रहेको छ । साथै नेपालको सेमिफाइनलको यात्रा पनि निश्चित गरेको छ । नेपालले अब समुह चरणमा आफ्नो अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्ने छ ।

    त्यसैगरी हङकङको भने यो प्रतियोगितामा दोस्रो हार हो । ३ खेलमा एक जित र २ हार बेहोरेको हङकङको सेमिफाइनल यात्रा अब कठिन भएको छ ।

    प्रतिक्रिया दिनुहोस्