
धनुषा। धनुषामा एक महिलाको हत्या भएको अवस्थामा शव फेला परेको छ।
जिल्लाको हंसपुर नगरपालिका- ७ घर भएकी ५५ वर्षीया शुभदेवी मण्डलको शव सहीदनगरमा फेला परेको हो।
मण्डल शनिबार साँझ ७ बजदेखि सम्पर्कविहीन थिइन् । उनको शव आज बिहान सवा ९ बजेतिर गाउँनजिकै गहुँ खेतमा फेला परेको हो ।
प्रहरीका अनुसार मृतक मण्डलको शरीरमा घाउचोट देखिएको छ । कसैले उनको हत्या गरेर खेतमा फालेको हुन सक्ने प्रहरीको आशंका छ ।
अनुसन्धानको लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थलमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्