images
images
  • नेपाल र वेस्टइन्डिज ए बीचको खेल तालिका सार्वजनिक

    काठमाडौं । टेस्ट टोली वेस्टइन्डिजको ए र नेपालबीच हुने पाँच टी-२० खेलको खेल तालिका सार्वजनिक भएकोछ ।

    वेस्टइन्डिज क्रिकेट बोर्डले पाँच टी-२० खेलको तालिका सार्वजनिक गरेको हो ।

    जस अन्तर्गत नेपाल र वेस्टइन्डिजबीचको पहिलो खेल २७ अप्रिलमा हुने भएको छ । दोस्रो २८ अप्रिल, तेस्रो १ मे, चौथो २ मे र पाचौं ४ मे मा हुनेछ ।

    सबै खेल टीयु क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो एक बजे सुरु हुनेछ । नेपालले यस सिरिजलाई टी-२० विश्वकपको तयारीका लागि खेल्ने छ ।

    वेस्टइन्डिज पहिलो पटक नेपाल आउन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस्