
काठमाडौँ । आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड वोल्भ्सले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो ।
नेपालका लागि अर्जुन कुमालले सर्बाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए । त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए ।
त्यसैगरी आयरल्याण्ड वोल्भ्सका बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको आयरल्याण्ड वोल्भ्सले ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रन बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्