
काठमाडौँ । संसदीय समितिले उपभोक्ता अदालत गठन गर्न सरकारलाई निर्देशन दिएको छ ।
प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबार बसेको बैठकले यसै आर्थिक वर्षभित्र उपभोक्ता अदालत गठन गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा सरकारबाट हालसम्म भए गरेका कामकारबाही बारे समितिले जानकारी लिएको थियो ।
प्रतिक्रिया दिनुहोस्