images
images
  • स्कुटर बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु


    काठमाडौं । काठमाडौंमा स्कुटर आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किदा एक जनाको मृत्यु भएको छ ।

    काठमाडौं महानगरपालिका ३ बसुन्धारास्थित सडकमा बा ३४ प १७५२ नम्बरको स्कुटर बिजुलीको पोलमा ठोकिएर शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं मनमैजु बस्ने चितवन भरतपुर महानगरपालिका-२२ घर भएका ३३ वर्षीय रोहन त्रिपाठीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारको क्रममा मृत्यु भएको हो

    प्रतिक्रिया दिनुहोस्
    images
    images