
ललितपुर– ललितपुर जिल्लामा हालसम्मकै सर्वाधिक राशीको पुरस्कारको भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रज्ञा स्मृती प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिताको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।
प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगीता–२०८१’ हुने लागेको हो । यस प्रतियोगितामा जिल्ला खेलकुद विकास समिति ललितपुरले स्थानीय स्तरमा संयोजनको गर्ने भएको छ ।
२०८१ बैशाख २२ गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालन हुनेछ । प्रतियोगितामा प्रथम हुने टोलीले ३ लाख रुपैंया नगदसहित शिल्ड, ट्रफी र मेडल प्राप्त गर्नेछन् । दोश्रोले २ लाख र तेश्रोलाई १ लाख रुपैंया र सान्त्वना स्थान प्राप्त गर्ने टोलीले ५० हजार रुपैंया प्राप्त गर्ने खेलकुद आयोजना संयोजक तथा महांकाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा माया गोलेले जानकारी दिईन । उनले भनिन् ‘उपत्यकाभित्रको स्थान भईकन पनि महांकाल गाउँपालिका र आसपासका क्षेत्रहरु अझै विकासका गतिले पछाडी परेको अवस्थामा छन् ।
प्रतियोगिताका कारण यस क्षेत्रको प्रचार प्रसार भई पर्यटनको विकास हुने सम्भावना छ ।’ बागमती प्रदेशका सबै पालिकालाई भलिबल प्रतियोगीतामा निमान्त्रणा गरेको र खेल लिग कम नक आउटका आधारमा खेलाईने आयोजकले जानकारी दिएको छ ।
आयोजक प्रज्ञा स्मृति प्रतिष्ठानकी अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले खेलकुदले स्थानीय तहको सर्वाङ्गिण विकास गर्ने भएका कारण प्रतियोगिता आयोजना गरेको बताईन् । स्थानीय सरकारले खेल र स्थानीय स्तरमा खेलाडी उत्पादनमा सहयोग पुग्ने उनीले बताइन् ।
प्रतियोगिता सञ्चालन समितिका आयोजनाको सह–संयोजक कविराज मालाकारले ‘भलिबल प्रतियोगिताले प्रदेशभर नयाँ खेलाडीहरु उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया दिनुहोस्