images
images
  • श्रीलंकनलाई बन्धक बनाउने चार पाकिस्तानी पक्राउ

    काठमाडौँ- श्रीलंकन नागरिकहरूलाई काठमाडौँ ल्याई बन्धक बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन् ।

    पक्राउ पर्नेहरुहमा पाकिस्तान रावलपिण्डीका ५७ वर्षीय जुबैर अजमद, पाकिस्तान गुजरनवालाका ४२ वर्षीय शाहजहन तन्विर, सोही ठाउँका ६१ वर्षीय मलिक अब्दुल हमिद र ४४ वर्षीय आरिफ मसिह छन् ।

    उनीहरु सबैलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको ठमेलबाट पक्राउ गरेको हो  । उनीहरूले श्रीलंकन नागरिकलाई युरोपका विभिन्न देश पठाइदिने भन्दै प्रलोभन देखाएर काठमाडौं ल्याई बन्धक बनाएर राखेको आरोप लागेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images