images
images
  • आयरल्याण्ड उल्भ्सविरुद्ध आज पहिलो एकदिवसीय खेल्दै नेपाल

    नेपाल ‘ए’ क्रिकेट टिमले बुधबार ट्वान्टी–२० र एकदिवसीय शृंखलाका लागि नेपालमा रहेको आयरल्याण्ड उल्भ्सविरुद्ध पहिलो एकदिवसीय खेल्दैछ।

    खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान साढे ९ बजे शुरु हुनेछ।

    यसअघि नेपाली टिमविरुद्धको ट्वान्टी–२० शृंखला आयरल्याण्ड उल्भ्सले २–१ ले जितेको थियो।

    विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ घरेलु समर्थकमाझ शृंखलामा सुखद सुरुआतको लक्ष्यमा छ । शृंखलाको दोस्रो खेल शुक्रबार र अन्तिम खेल आइतबार हुनेछ ।

    नेपाल ‘ए’ सँगको खेलअघि उल्भ्सले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग दुई ट्वान्टी–२० क्रिकेट खेलेको थियो। दुवै खेलमा उल्भ्स पराजित भएको थियो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images