images
images
  • नेपाली क्रिकेट टिमको भारतमा लगातार दोस्रो जित

    काठमाडौं । नेपाली क्रिकेट टिमले भारतमा जारी एसएमएस फ्रेन्डसिप टी-२० कपमा बरोडालाई पराजित गरेको छ ।

    नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गरेको हो ।

    नेपालले दिएको १५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै १२९ रन बनाएको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको थियो ।

    नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

    बरोडाका बलर बाबा खानले २ विकेट तथा परिक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

    नेपालको यो लगातार दोस्रो जित हो । यस अघि नेपालले गुजरात क्रिकेट एसोसियसनलाई पराजित गरेको थियो । अब नेपालले अर्को खेल अप्रिल ३ मा गुजरातसँग तथा अप्रिल ५ मा बरोडासँग खेल्ने तालिका रहेको छ । त्यस्तै शिर्ष दुई टिमले ७ अप्रिलमा फाइनल खेल्ने छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images
    images