images
images
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बडोरासँग खेल्दै

    फ्रेन्डसिप कपअन्तर्गत त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपालले आज भारतको क्लब बडोरासँग खेल्दैछ।

    खेल आज दिउँसो पौने ३ बजेबाट मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा सुरु हुनेछ। भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

    नेपालसँग पराजित गुजरातले भने सोमबार बडोरालाई ५ विकेटले पराजित गर्दै पहिलो जित निकालेको छ। नेपाल आज लगातार दोस्रो जित निकाल्ने दाउमा हुँदा गुजरात पनि पहिलो हारको बदला लिन चाहन्छ।

    त्रिकोणात्मक टी–ट्वेन्टी सिरिजमा नेपाल, गुजरात र बरोडा सहभागी छन्। यस सिरिजमा खेल डबल राउण्ड रोबिनमा हुनेछ। नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप सिरिज खेल्न लागेको हो।

    नेपालले चैत २१ मा गुजरातसँग खेल्नेछ। त्यस्तै सिरिजको अन्तिम खेल चैत २३ मा बरोडासँग खेल्नेछ। प्रतियोगिताका शीर्ष दुई टोलीले चैत्र २५ मा फाइनल खेल्नेछन्। त्यसपछि नेपाल त्यहाँबाट ओमान जानेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images