images
images
  • नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको दोस्रो टी-२० खेल आज हुदै

    काठमाडौँ । नेपाल ए र आयरल्याण्ड ए बीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । टियु मैदानमा हुने यो खेल अपराहन्न १ बजेदेखि शुरु हुने छ ।

    शुक्रबार सम्पन्न सिरिजको पहिलो खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

    यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार शुक्रबार पहिलो खेल भएको थियो ।

    नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग आज दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images