images
images
  • कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका युवक मृत फेला

    धनगढी ।कर्णाली नदीमा हामफालेका बेपत्ता भएका युवक मृत फेला परेका छन्।

    सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीमाथि रमाइलो गर्दै पौडी खेल्न हाम्फालेका १७ जनामध्ये लम्कीचुहा नगरपालिका–३ चिसापानीका अन्दाजी ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता भएका थिए ।

    शाहीको शव आज (बिहीवार) टीकापुरको सन्कट्टी घाटमा फेला परेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लोकेन्द्र कर्णालीमा डुबेर बेपत्ता भएपछि खोजी तीव्र बनाइएको थियो। उनको खोजीका लागि सशस्त्र प्रहरीले गोताखोरको टोलीसमेत परिचालन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस्

    images
    images