images
images
  • देउता विवादमा दाजुले गरे भाइको हत्या


    जनकपुरधाम । महोत्तरीमा देउतालाई लिएर भएको विवादमा दाइले भाइको हत्या गरेका छन्।

    जिल्लाको लोहारपट्टी नगरपालिका स्थित भ्रमरपुरामा देउतालाई लिएर दुई भाइबिच झगडा हुँदा दाईको कुटाइबाट गम्भीर घाइते भएका भाइको उपचारको क्रममा काठमाडौँस्थित अस्पतालमा मृत्यु भएको हो।

    अंशवण्डा भएको लामो समयदेखि दाइ भाइबिच देउतालाई लिएर कुटाकुट हुने गरेको थियो।

    महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले लक्ष्मणको शवको पोष्टमार्टम काठमाडौँमै भएको र भ्रमरपुरास्थित घरमा शव अन्त्येष्टिका लागि शुक्रबार बेलुका नै ल्याइएको बताए।

    लक्ष्मणको मृत्युपछि रामचन्द्रसहित उनका परिवार फरार भएका छन्। प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images