images
images
  • धनुषाको पोखरीमा डुबेर मृत्यु भएका बालिकाको परिवारलाई जनही एक लाख रुपैयाँ राहत दिइने


    जनकपुरधाम । पोखरीमा डुबेर मृत्यु भएको बालिकाको परिवारलाई प्रदेश २ सरकारले जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ।

    धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिकाको बहेडाडावेला र तुल्सीयाहीको बिचमा रहेको पोखरीमा डुबेर मृत्यु भएका पाँचैजना बालिकाको परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने घोषणा प्रदेश सरकारले गरेको हो।

    पोखरीमा डुबेर १२ वर्षीया लक्ष्मीनिया यादव, १० वर्षीय चन्दा कुमारी भगत, १३ वर्षीया अन्जु पुर्वे, १२ वर्षीया चाँदनी ठाकुर, १२ वर्षीया ललीता साहको मृत्यु भएको थियो।

    पाँचै जनाको शव अहिले पोष्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले मृतकको परिवारलाई अस्पतालमै गएर भेटघाट गरेका छन्।

    मृतक परिवारलाई भेट्न पुगेका मन्त्री यादवले राहत रकमको घोषणा गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images