काठमाडौं । युरोकप फुटबलको १६औं संस्करण सुरु भएको छ । शुक्रबार राति भएको उदघाटन खेलमा इटालीले विजयी सुरूवात गरेको छ ।
रोममा भएको खेलमा टर्कीलाई ३–० गोल अन्तरले हराउँदै इटालीले विजयी सुरुवात गरेको हो ।
इटालीलाई जित दिलाउन सिरो इमोबाइल र लोरेन्जो इन्सिन्याले एक–एक गोल गरे । इटालीले एक गोल आत्मघाती उपहार पाएको थियो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, खेलको ५३औं मिनेटमा टर्कीका मेरिह डेमिरलको आत्मघाती गोलबाट इटालीले सुरुवाती अग्रता बनाएको थियो ।
युरोकपको इतिहासमा यो पहिलो आत्मघाती गोल हो । ६६औं मिनेटमा इमोबाइलले गोल गर्दै इटालीलाई २–० गोलको अग्रता दिलाए ।
त्यसपछि खेलको ७९औं मिनेटमा लोरेन्जोले गोल गर्दै इटालीलाई ३–० गोलको जित दिलाए ।
यो जितसँगै समूह ‘ए’को इटालीले पहिलो खेलमा महत्वपूर्ण ३ अंक जोडेको छ । इटाली तालिकाको शीर्ष स्थानमा रहेको छ । टर्कीले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ । टर्की पुछारमा छ ।


विश्व खबर 


















