images
images
  • विश्वकप लिग-२ : नामिबियाविरुद्ध दोस्रोपटक भिड्दै नेपाल

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को आफ्नो तेस्रो खेलमा आज नामिबियाविरुद्ध आज नामिवियासँग खेल्दैछ ।खेल बिहान ९ : ३० बजे टीयु क्रिकेट मैदानमा कीर्तिपुरमा सुरु हुनेछ ।

    नेपाल रोहित पौडेल र नामिविया जेराल्ड इरास्मसको कप्तानीमा मैदान उत्रदैछन् । यसअघि लिग–२ अन्तर्गत पहिलो त्रिदेशीय शृंखलाको पहिलो खेलमा नेपालले नामिबियासँग चार विकेटको हार बेहोरेको थियो ।

    शृंखलामा दुवै टिमको यो दोस्रो खेल हो । नेपालले दोस्रो खेलमा भने नेदरल्यान्ड्सलाई नौ विकेटले हराएको थियो ।

    यता, नामिबियाले पनि यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हारको नतिजा आत्मसात गरेको छ । पहिलो खेलमा नेपाललाई हराउँदा दोस्रो खेलमा भने नामिबिया नेदरल्यान्ड्ससँग सात विकेट पराजित भएको थियो ।

    आजको खेलपछि नेपालले आइतबार नेदरल्यान्ड्ससँग यो शृंखलाको अन्तिम खेल खेल्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images