images
images
  • एसीसी वुमन्स प्रिमियर कप : नेपालको लगातार दोस्रो जित

    काठमाडौं । नेपालले एसीसी वुमन्स प्रिमियर कपमा आइतबार भुटानलाई हराउँदै लगातार दोस्रो जित हात पारेको छ ।

    मलेसियामा जारी प्रतियोगितामा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।

    भुटानले दिएकाे ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍‍यो ।

    नेपालका लागि ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । यस्तै रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।

    ओपनर कविता कुँवर ५ र कप्तान इन्दु बर्मा १ रन बनाएर आउट भइन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images
    Bishwokhar.com: News from Nepal
    images